राष्ट्रिय सभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी

बुधबार, भदौ २२, २०७९

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत चारवटा विषयगत समितिमा चारजनाकै उम्मेदवारी परेको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । 

जसअनुसार  दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ,  विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएका हुन् । 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार