मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु 

बुधबार, भदौ २२, २०७९

मुगु, २२ भदौ । मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ । छायानाथ रारा नगरपालिकाक वडा नं १३ बामका वर्ष २६ गोरा बहादुर बढुवालको मृत्यु भएको हो । नगरपालिकाको १४ नं वडामा रहेको पिलेको धारा भन्ने स्थानमा भिर बाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवाष हमालले जानकारी बताए । उनका अनुसार विगत केही दिनदेखि मृतक बढुवाल भेडा चराउन जंगलमै बसोबास गर्दे आई रहेका थिए ।  उनको शव अहिले जिल्ला अस्पताल मुगुमा राखिएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार