प्रेस युनियनका पूर्व अध्यक्ष किरण पोखरेल सुनसरी–२ बाट सिफारिस

मंगलबार, भदौ २१, २०७९

 काठमाडौँ,  । नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष किरण पोखरेल सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवारमा सिफारिसमा परेका छन् । आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेलको नाम नेपाली कांग्रेस सुनसरी क्षेत्रीय समितिले समानुपातिकतर्फ सिफारिस गरी जिल्ला समितिमा पठाएको थियो जिल्ला समितिले पनि मंगलबार पोखरेलको नाम प्रदेश समितिमा पठाएको हो । राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त समेत रहेका वरिष्ठ पत्रकार रहेका पोखरेलसँगै महिलातर्फ दिलकुमारी राईलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।जिल्ला समितिले सुनसरी २ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक राजीव कोइराला, कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष राजीव ढुंगाना तथा पूर्वमन्त्री सीताराम मेहतालाई सिफारिस गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार