राष्ट्रपतिबाट खानेपानीसम्बन्धी विधेयक जारी

मंगलबार, भदौ २१, २०७९

काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेकी  छन्  । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गरेको  राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस 
 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार