राप्रपाको महाधिवेशन जेठ २२ देखि २५ गतेसम्म काठमाडौँमा हुने

सोमबार, वैशाख ६, २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौँमा गर्नेभएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जिल्ला तहसम्मको अधिवेशन यही वैशाख मसान्त र प्रदेश कार्य समितिको निर्वाचन आगामी जेठ ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।  अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको बैठकले महाधिबेशन प्रतिनिधि निर्वाचन पनि जेठ १० गतेसम्म गरिसक्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  राप्रपाले सक्रिय सदस्यता वितरण गर्ने म्याद भने अन्तिम पटकका लागि वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  २२:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार