पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

मंगलबार, भदौ २१, २०७९

पाल्पा । पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।पहिरो आज बिहान सवा ४ बजे खसेको थियो । पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ । पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार