दोलखाको भिरकोट माझिबस्तीमा सुक्खा पहिरो 

सोमबार, भदौ २०, २०७९

चरीकोट, । दोलखाको तामाकोशी–१ भिरकोट माझिबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझिबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट आज दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए  ।  आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको स्थानीयहरूले बताएका छन् । मध्यदिउँसो पहिरो खसेका कारण कुनै पनि मानवीय क्षति नभए पनि वस्तीसम्म पहिरो आएको वडा अध्यक्ष थापाले जानकारी दिए  । पहिरो खस्ने क्रम नरोकिएको र घरहरू जोखिममा रहेकाले प्रभावितहरूलाई सुरक्षित स्थानमा बसोबासको लागि प्रवन्ध मिलाउने काम भइरहेको उनले बताए । सुक्खा पहिरोका कारण सिङ्गो गाउँ नै जोखिममा परेपछि प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको टोलिले पहिरोको स्थलगत अवलोकन गरेको छ । रासस   

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार