गोदावरीमा सहकारीबारे समीक्षा

सोमबार, भदौ २०, २०७९

ललितपुर । गोदावरी नगरपालिका र उद्योग तथा सहकारी शाखा ब्रजबाराही ललितपुरको आयोजनामा यहाँ समीक्षा गोष्ठी सम्पन्न भएको छ । सहकारी संस्थाका लागि विनियोजित कार्यक्रमको आर्थिक वर्ष २०७८/७९ को लागि तोकिएको कार्यक्रमअन्तर्गत नगरपालिकाले हालै सो गोष्ठी गरेको हो । 
    
एकदिने गोष्ठीमा गोदावरी नगरपालिकाभित्रका एक सय २८ ऋण सहकारी संस्थाका ८० जना सहकारी सञ्चालक सहभागी भएका थिए । सहभागीलाई सहकारी सञ्चालन कार्यविधि, कार्यक्रम, लेखा प्रणाली, संस्थागत क्षमता अभिवृद्धि जस्ता विषयमा प्रशिक्षण दिइएको थियो । नगरपालिकाभित्रका एक सय सहकारी संस्था सक्रिय र २८ वटा निष्क्रिय रहेको सो प्रशिक्षक ऋषिराम अधिकारीले जानकारी दिए । 

नेपालमा ऋण तथा बचत, बहुद्देश्यीय, उत्पादन, कृषि र कृषि बचत तथा ऋण सहकारी संस्था कार्यरत छन् । सो कार्यक्रमका सहभागीले नाफामूलकसहितको आयआर्जन गर्ने सहकारी सफल हुने गरेको धारणा व्यक्त गरेको थियो । प्रशिक्षक ऋषिराम अधिकारीले सहभागीलाई सहकारीका विभिन्न विषयमा सहजीकरण गरेको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार