मुख्यमन्त्री राईलाई मातृशोक

सोमबार, भदौ २०, २०७९

विराटनगर,  ।  प्रदेश नं १ का  मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उनकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज  बिहान  विराटनगरमा निधन भएको हो । स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उनीे श्वासप्रश्वास लगायतका समस्याबाट ग्रसित  थिइन्  । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखी आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने कार्यक्रम छ ।  उनको स्थायी बसोबास भोजपुरको षडानन्द नगरपालिका–११, झ्याउँ पोखरी हो । विसं १९९५ मा भोजपुरको तिम्मा गाउँमा जन्मिनु भएकी धनकुमारीको मुख्यमन्त्री राजेन्द्रकुमारसहित तीन छोरा, एक छोरी र श्रीमान  छन् ।  रासस 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार