अन्य दलसँग छलफल गर्न भन्दै माओवादी केन्द्रको बैठक स्थगित

सोमबार, वैशाख ६, २०७८

काठमाडौं । आज अपराह्नका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक स्थगन गरिएको छ ।  सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगन भएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए ।  विकसित राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग शीर्ष नेतृत्वको छलफलपछि सम्भवतः मङ्गलबार स्थायी समिति बैठक बस्ने उनले जानकारी दिए । समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी समिति बैठक बोलाएको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार