महाङ्काल गाउँपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखा परीक्षणका लागि आशयपत्र 

बिहीबार, भदौ १६, २०७९

गोटीखेल (ललितपुर) । दक्षिण ललितपुरका महाङ्काल गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालयहरूको लेखा परीक्षणका लागि आसय पत्र पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ । 
गाउँपालिकाले आज बिहीबारको मितिमा जारी गरेको सूचनामा गाउँपालिकाअन्तर्गत सञ्चालित सबै सामुदायिक विद्यालयहरू र सामुदायिक अध्ययन केन्द्रहरूको आव २०७८ /०७९ को लेखा परीक्षण गर्ने प्रयोजनका लागि रजिष्टर्ड लेखा परीक्षकहरूलाई आशप पत्र पेश गर्न आह्वान गरेको छ । पालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलुकुद शाखामा आशय पेश गर्न भनेको छ ।  

विद्यालयहरुको लेखापरीक्षणका लागि आसय पत्र पेश गर्ने सम्बन्धी सूचना1662024119.jpg
आशय पत्र पेश गर्ने रजिष्टार्डले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, लेखापरीक्षण फर्म वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, आव २०७९ / ८० सम्मको लेखापरीक्षण नविकरण गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, आव २०७८ /८० सम्मको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, आन्तरिक राजश्व कार्यालयबाट लिएको कर दर्ता (पान) प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समावेश गर्नुपर्नेछ । 
महाङ्काल गाउँपालिकाको निर्णयानुसार लेखा परीक्षणका लागि छनोट भएमा तोकिएका विद्यालयहरुको लेखापरीक्षण तोकिएकै समयसिमा भित्र सम्बन्धित विद्यालयमा उपस्थित भई नियमानुसार सम्पन्न गर्ने र सन्बन्धित विद्यालयहरुको लेखापरीक्षण प्रतिवेदनसहित गाउँपालिकामा स्वयमु उपस्थित  भइ समीक्षा गरी पृष्ठपोषण आदान प्रदान गर्ने प्रतिवद्धता पत्र पनि समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।  

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार