माओवादी केन्द्रको पनि स्थायी समिति बैठक बस्दै

सोमबार, वैशाख ६, २०७८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दै छ ।समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले सोमबारका लागि स्थायी समितिको बैठक बोलाइएको नेताहरुले जनाएका छन् ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो । 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार