एकै परिवारका आठ जनाको मस्जिदमा हत्या

आइतबार, वैशाख ५, २०७८

ज्लालाबाद । अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा एकै परिवारका आठ जनाको हत्या गरेका छन् । 
स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइभतिज मारिएको जानकारी दिए । नान्गरहर प्रहरीका प्रवक्ता फरिद खानले शनिबार राति उक्त घटना भएको पुष्टि गरेका छन् । अफगानिस्तानमा प्रतिशोध हत्या निकै हुने गरेको छ र यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ ।  मुस्लिमको पवित्र रमजान पर्वका दिनहरुमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ । यही क्रममा उक्त घटना भएको हो ।–एएफपी
 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार