दूरसञ्चार नियामका दक्षिण एसियाका प्रतिनिधि काठमाडौंमा भेला हुँदै

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं । दक्षिण एसियाका दूरसञ्चार नियामक निकायका प्रतिनिधिहरुको भेला काठमाडौंमा हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ३–५ सम्म ‘साउथ एसिया टेलिकम्युनिकेशन रेगुलेटर्स काउन्सिल’को वर्कशपमा दक्षिण एसियाका दुरसञ्चार नियामक निकायका प्रतिनिधिको भेला हुन लागेको हो ।

दूरसञ्चार क्षेत्रमा विश्वमा विकसित पछिल्लो प्रबिद्यिका बारेमा छलफल हुने बताएको छ । जसअनुसार फाइभज, आर्टिफिसियल इन्टिलिजेन्स, साइवर हमलालगायतका १० वटा सत्रमा प्राधिकरणले छलफल चलाउने छ । 

प्रत्येक वर्ष हुँदै आएको सो वर्कशप यसपटक नेपालमा हुन लागेको हो । धुलिखेल रिर्सोटमा तीन दिनसम्म चल्ने सो वर्कशपमा हवावे, फेसबुकका प्रतिनिधिहरु पनि सहभागी प्राधिकरणका निर्देशक दिपक आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार