सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गृहमन्त्री बालकृष्ण खाँणले संसारभर बढ्दै गइरहेको विभिन्न हिंसात्मक कृयाकलाप निराकरणका लागि श्रीकृष्ण भगवानले शान्ति र सदभाव कायम गर्ने आशिर्वाद प्रदान गरुन भन्ने भनाइ राखेका छन् । ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र ज्ञान विज्ञान भवन सातदोवाटोद्धारा आज श्रीकृष्ण जन्माष्टमी पर्वको पावन अवसरमा आयोजित ‘चैतन्य झाँक्री एवं प्रवचन’ कार्यक्रममा उनले विश्वका मानिसमा कृष्ण प्रति श्रद्धा बढेमा हिंसाको कसैले पनि सामना गर्नु नपर्ने भनाइ राखे । उनले भने, “कृष्ण भगवानले संसार सञ्चालमा अपूर्व भूमिका निर्वाह गर्नुभएकाले मानिसमा पनि यसै किसिमको क्षमता विकास होस भन्ने हामी चाहान्छौं ।” हरेक मानिसले आफ्नो चित्त शान्ति गरी इश्वरीय शक्तिमा समर्पित हुँदा सकारात्मक ऊर्जा प्राप्त हुनाका साथै मन समेत स्थिर एवं बानी व्यबहारमा परिवर्तन हुने उनले दाबी गरे । विज्ञान र प्रविधिले मानिसको मनलाई चञ्चल गराउने धारणा राख्दै गृहमन्त्री खाँणले इश्वरीय विश्वविद्यालयमा लाग्ने मानिसको भूमिका सदैव अतुल्नीय हुन जरुरी रहेको मत व्यक्त गरे । विश्वशान्त्तिका लागि मुलुकमा सबैभन्दा ठूलो योगदान सेवाकेन्द्रका दिदीबहिनीले गरिरहनु भएको प्रशंसा गर्दै उनले गाईलाई पनि माता सरह सम्मान गरी अघि बढ्न समेत आग्रह गरे । सेवाकेन्द्र बह्मकुमार विश्वनाथ घिमिरे भाईले कृष्णको महिमा भजि आफ्ना परिवारका सदस्यमा पनि उनकै गुण एवं विशेषता उन्मुख हुन भन्नका लागि नकारात्मक बानी त्याग्नुपर्ने जिकीर गरे । उक्त अवसरमा मन्त्री खाँण सहित जिल्ला प्रशासन कार्यलय ललितपुरका (प्रजिअं) घनश्याम उपाध्यायले राधाकृष्णको रुप धारण गरी कार्यक्रममा बसेका बालबालिकालाई पूजा सहित दहि समेत खुवाएका थिए। उक्त अवसरमा कृष्ण सुदामाको गिती नाटक प्रदर्शन गरिनाका साथै सेवाकेन्द्रका मुख्य सञ्चालिका ब्रह्माकुमारी कुमारीले गृहमन्त्री खाँणलाई सलद्धार सम्मान समेत गरेकी थिइन् ।-रासस