सभामुखद्धारा प्रदीप गिरिको स्वास्थ्यलाभको कामना

शुक्रबार, भदौ ३, २०७९

काठमाडौँ ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता गिरिको स्वास्थ्य अवस्था गम्भिर रहेको जनाइएको छ ।
सभामुख सापकोटाले आज ट्वीटमार्फत विहिबार साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै सघन उपचारमा रहनुभएका उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार