रामेछापमा बाढीले पाँच घर बगायो

शुक्रबार, भदौ ३, २०७९

रामेछाप । अबिरल बर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका-२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ। अबिरल बर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईँ, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो ।

गएराति  ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट पहिरोसँगै बाढीले उनीहरुको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

पहिरोले घर बगाए पनि मानविय क्षति भने भएको छैन्। 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार