भक्तपुरमा २५ वर्षीया महिला बलात्कृत 

बिहीबार, भदौ २, २०७९

भक्तपुर,। भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार पक्राउ गरेको छ । थापाले ती महिलालाई गत साउन २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार रहेका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका–४ नयाँठिमीबाट उनलाई पक्राउ गरेको हो ।   

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार