सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले तीजमा टिकटक बनाएर रमाइलो गर्नुभन्दा महिलाका समस्या लगायत मुद्दा उठाउनुपर्ने बताएकी छन् । उनले महिलाका मुद्दा, बेदना भावनाका कुरा गर्दै तीज मनाउनु पर्ने बताइन् । नेपाल महिला संघ केन्द्रीय समितिले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय तीजमा मौलिकता हराउँदै गइरहेको बताइन्। ‘तीजमा महिला अधिकार कुरा गर्न महिलाहरुमा आग्रह गरिन । उनले भनिन् । स्थानीय तह चुनावको परिणामले कांग्रेसप्रति जनताको विश्वास बढेको बताइन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पनि पार्टीलाई ठूलो बनाउनका लागि सबै जुट्नुपर्ने बताइन्।