प्रहरीको सम्पूर्ण ध्यान निर्वाचनमा :  प्रहरी महानिरीक्षक सिंह

बुधबार, भदौ १, २०७९

सप्तरी, । नेपाल प्रहरीका महानिरीक्षक  आइजिपी धीरज प्रताप सिंहले प्रहरीको सम्पूर्ण ध्यान आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित रहेको बताएका  छन्  ।  राजविराजमा आज पत्रकारसँग कुरा गर्दै उनले सफलतापूर्वक स्थानीय निर्वाचन सम्पन्न गरिसकेपछि प्रहरीको ध्यान आगामी निर्वाचन विश्वसनीय, भयरहित गराउनेतर्फ केन्द्रित रहेको बताए  । आसन्न निर्वाचनमा नेपाल सरकारले दिएको जिम्मेवारीलाई निष्पक्ष, भयरहित तवरमा नागरिकको मताधिकारको प्रयोग गर्न दिने वातावरणा बनाउनु नै समस्त प्रहरीको एकमात्र उद्देश्य रहेको प्रहरी महानिरीक्षक सिंहले बताए  ।  

    उनले नागरिक समाज, सञ्चारकर्मीलाई समाजका विषयवस्तु प्रहरीभन्दा बढी जानकारी हुने भएकाले सहयोगको अपेक्षासमेत गरेका छ््न्  । सार्वजनिक पद धारण गरेका व्यक्तिबाट पदीय आचारणविपरीत भएका कार्य, समाजमा भइरहेका विकृति, विसङ्गतिलाई पत्रकारले उजागर गर्ने मात्र नभई सुधार गर्ने, सच्याउने ढङ्गले पथप्रदर्शक बन्न पनि उनले आग्रह गरे । सबै क्षेत्रका कुरीतिलाई न्यूनीकरण गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहेको उनले बताए  ।अन्य प्रदेशको तुलनामा तस्करी, कालाबजारी, महिला हिंसाका घटना बढी रहेकाले प्रहरीलाई पत्रकार र नागरिक समाजको साथ सहयोग चाहिने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्ना प्रहरी तस्करीमा संलग्न नभएको बताए  । गलत बाटोमा प्रहरी संलग्न भएको पाइएमा जानकारी दिन अनुरोध गर्दै उनले कसूरअनुसार विभागीय कारबाही गरेर जानकारी सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे  । रासस    

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार