बुटवलमा राजमार्ग किनारमा युवकको शव फेला

मंगलबार, साउन ३१, २०७९

रुपन्देही,  । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल १२ नायाँगाउँको राजमार्ग किनारमा एक युवकको शव फेला परेको छ । सडक छेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल ११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको शव फेला परेको हो ।सडक छेउमा लु३६प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाइकल नजिकै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  २१:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार