सोसल मिडिया
Contact Us
युनिकोड
कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ । माओवादी केन्द्र प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले सार्वजनिक अपिल जारी गर्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र सभा सदस्यलाई नेकपा (माओवादी केन्द्र) प्रदेशसभादलका नेता तथा मुख्यमन्त्री शाहीको पक्षमा मत दिन अपिल गरेकी हुन् । माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ लागि परेको जिकिर गर्दै उनले यहाँको विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्य एकताबद्ध रहेको तथ्य स्पष्ट भएको बताएकी छन् ।