गैंडाकोटमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु 

सोमबार, साउन ३०, २०७९

 

काठमाडौं, ।  नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका–१७ अमरापुरीमा आज स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सहित दुई जना घाइते भएका छन् । दर्घटनामा मृत्यु हुनेमा स्थानीय ७० वर्षिय मोहन बहादुर क्षेत्री रहेका छन् । स्कुटरको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो । दुर्घटनामा परी स्कुटर चालक  ५० वर्षिय कलाधर सापकोटा र पछाडि सवार ५० वर्षिया नन्दकली सापकोटा घाइते भएका छन् । घाइते दुबैजनाको सोही अस्पतालमै उपचार भइरहेको छ । बागमती प्रदेश ०३ ००३ प ७०६३ नम्बरको स्कुटरले आज बिहान साढे ११ बजे पैदल हिडिरहेका क्षेत्रीलाई ठक्कर दिएर स्कुटर समेत पल्टिएको थियो  ।

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार