Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

किन फेरिएन बस्ती–बस्तीको मुहार ?

सोमबार, साउन ३०, २०७९

गाउँ-गाउँबाट उठ बस्ती-बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ, हातमा कलम हुनेहरु कलम लिएर उठ, हातमा बाजा हुनेहरु बाजा लिएर उठ, हातमा औजारहुनेहरु औजारलिएर उठ, हातमा केही नहुनेहरु आवाज लिएर उठ भनेर सामन्ती, केन्द्रीकृत र निरंकुश भनिने सत्ताको विरुद्धमा क्रान्तिकारी गीत गाउने उ बेलाका क्रान्तिकारीहरूको आकर्षक नारामापरिवर्तनका आकांक्षीहरु गीतमा आव्हान गरिए जस्तै गाउँ-गाउँबाट उठे, बस्ती-बस्तीबाट उठे, कलम लिएर उठे, औजार लिएर उठे, बाजा लिएर उठे, आवाज लिएर उठे। राज्यसत्ताको एउटा कालखण्ड गल्यामगुर्लुम्म ढल्यो।

जन-जनको हातमा हात काँधमा काँधको साथपाएरराज्यसत्ता ढाल्न सफल भएका नेता कार्यकर्ताहरुले समयसँगै सर्वसाधारणको पिरमर्का, दु:ख हैरानी र निरासालाई आज पर्यन्त ढाल्न सकेका छैनन्।गाउँ-गाउँ र बस्ती-बस्तीको मुहार फेरिएको छैन । देशको मुहार फेरिएको छैन। तर नेता र तिनका नजिकका मानिसहरुको नाटकीय रुपमा दिन फेरिए । झुक्याएर ठग्नेहरु खुलमखुला ठग्न थाले, लुकेर चोर्नेहरु डकैती नै गर्न लागे, डराउँदै खुद्रामसिना भ्रष्टाचार गर्नेहरु बिना हिच्किचाहटठुला भ्रष्टाचार र अनियमिततामा अभ्यस्त हुँदै गए।दुध र पानी बेच्नेको, ट्याक्सी चलाउनेको, सार्वजनिक बस चलाउनेको, उद्योग व्यापार गर्नेको, प्राध्यापकको, शिक्षकको, इञ्जिनियरको, डाक्टरको, कर्मचारीको हुँदै कपाल काट्नेसम्मको पार्टीगत ब्याकफोर्ससहितको आ-आफ्नो मजबुत संगठनहरु छन् ।

musahar1660545552.jpg

बबुरा जनता सबैतिरको चेपुवामा परेर अनाबश्यक रुपमा बढी मुल्य, समय र सास्ती बिसाउन बाध्य छन्।सर्वसाधारण उपभोक्तालाई सामान बेच्ने व्यापारीले, सेवा दिने कर्मचारीले, सार्वजनिक बस र ट्याक्सीले, उपचार गर्ने सरकारी/निजी अस्पतालले बालुवा झै निचोरेका छन्। सार्वभौम मत हालेर आफूले चुनेका दलका नेताहरु कहिले एक्लै, कहिले कसैको बुई चढेर, कहिले कसैलाई बुई चढाएर राज्यसत्ताको भर्‍याङमा उकालीओरालीगरिरहे । राजनीतिको लुकामारीमा शिशीपसको नियति हालसम्म पनि त्यसरी नै बेसरमदोहोर्‍याई रहेका छन्।

समाजसेवा र समर्पणको अनुपम्नमुना हुनुपर्ने राजनीतिपद, पैसा र पावरको लागि डगमगाएको छ ।राजनीति अब समाज सेवा रहेन । राजनीति अचेल लजाउन छाड्दैछ, कर्तव्य भुल्दैछ, जिम्मेवारी बिर्सिदैछ। राजनीतिमा लोभपाप पलाउँदैछ, पक्षपात र विभेद झांगिदैछ, प्रतिशोध र बदलावपूर्ण भावले राजनीति धमिलिदैछ, लगानी बिनाको उद्योग र जोखिम बिनाको व्यापार बन्दैछ । राजनीतिमा संस्कार रहेन, नैतिकता गायव भयो। खुलमखुला जोगी हुनुलाई राजनीति गरिदैंन भन्नेहरुको संख्या बढ्दो छ । निष्ठाको राजनीतिलाई नियतको राजनीतिले निल्दैछ । कर्मचारी सरुवा बढुवा, राजनीतिक नियुक्ति, आयोजना छनौटदेखि सञ्चालनसम्म कमिसन र आर्थिक सहायताको नाममा राज्य स्रोतको दोहन गर्ने प्रतिष्पर्धा चलिरहेको देखिन्छ । आफ्नो आङको भैसी नदेख्ने तर अरुको आङको जुम्रा देख्ने गरी भ्रष्टाचारलाई हेर्ने दृष्टिकोणमा त झन गजबको संस्कार हुर्कदै गएको छ ।

Manohara1660205168.jpg

अब लोकतन्त्रको फ्रेञ्चाईज दलको झण्डामा हैन नेताको व्यबहारमा खोज्नु जरुरी छ । समय, लागत र गुणस्तरको सट्टा खर्चको आधारमा परियोजनाको मूल्याङ्‍कन गर्ने विगतको परिपाटी एवं बैदेशिक ऋण र अनुदान बढी भित्र्याउँदा गर्व गर्ने विकासे डिस्कोर्स पनि स्वाधीन अर्थतन्त्र निर्माणमा घातक रह्यो । नीतिभन्दा माथि नेता र नेताभन्दा माथि नियत भइञ्जेल मुलुक र मुलुकीको मुहार फेरिन सम्भव छैन । प्रणालीभन्दा माथि पात्र, पात्रभन्दा माथि प्रवृत्ति हावी भए पछि गाउँ-गाउँ र बस्ती-बस्तीको मुहार कसरी फेरिन्छ ? निष्ठा, मुल्य र आदर्शको राजनीति आज गुण्डा र डन पालेर अपराधीकरण हुँदैछ । सांसदको टिकट र राजनीतिक नियुक्तिको पद विक्री गरेर व्यापारीकरण हुँदैछ ।

संसार कहाँबाट कहाँ पुगिसक्यो कसैलाई मतलव छैन । छिमेकी र आसपासका मुलुकको प्रगति र उन्नतिको कहिल्यै ईख जागेन तिनको क्रान्तिकारी मनमस्तिष्कमा। अचम्म त यो छ कि विकास र समृद्धिको झुट्टा कसम खाएर माखो नमार्ने कान चिरेकाहरुको पछाडि लाम लाग्न किन मानिसहरुमा अझै क्रेज मरेको छैन? किन व्यूरोक्रेसी र सुरक्षा निकायका रिटायर्ड हाकिमहरु राजनीतिको झोला बोक्न मरिहत्ते गर्दैछन् ? यो प्रबृत्तिले सरकारी सेवामा रहँदा तिनको निष्पक्षता र तटस्थता कसरी पुष्टि हुन्छ ? अर्थराजनीतिका विद्यार्थीले रिसर्च गरेर सही निष्कर्ष सार्वजनिकगर्ने बेला आएको देखिन्छ ।तन्नेरी पुस्ताका भनिएका कार्यकर्ता पनि नेताको गल्तीलाई सही थाप्दैनेतालाई देवता र आफूलाई देवताको छनौटको मान्छे (गड्स चोजन पिपुल) को रुपमा स्थापित गर्दै ढोके, हुक्के, चिलिमे, बैठके, झोले, चम्चे, छाते पात्रहरुको भूमिकामा मात्र अब्बल देखिँदैछन्।

अमेरिकी ड्रिम पढेकाहरुको मानसपटलमा किन पुनर्जागरणको अभिलासा पलाएन अझै? बेलायतको औद्योगिक क्रान्तिले किन तान्न सकेन हाम्रा लेखेपढेका तन्नेरी पुस्ताको मन? लालबाबु शास्त्री जस्ता होमलेस होम मिनिष्टर किन भएनन् हामी कहाँ? अब्राहम लिंकन र लि क्वान यु टाढैको कुरा, महाथिर महम्मद, नेहरु र गान्धीहरु किन जन्मदैनन् बुद्धरसीताजन्मेकोपवित्रभूमि नेपालमा?छिमेकीको विकास र समृद्धिको छलाङ देख्दा किन हुटहुटी लाग्दैन हाम्रा सार्वजनिक पदमा आसिन महासयहरुलाई ? किन दलहरु कहिले सासुको पालो कहिले बुहारीको पालोको शैलीमा चाकाचुली खेलिरहेका छन्? जनतालाई कसरी सुखसुविधा दिने र देशको मुहार फेर्ने कुरामा चाँहि किन प्रतिस्पर्धा हुँदैन ?

Basti1660545707.jpeg

राजनीतिक दलका युवादस्ता जवरजस्त मुलधारमा प्रवेश नगरी सुधारको थालनी हुने देखिएन । राजनीतिक दलबाट चुनावमा उम्मेदवार बन्ने देखि लिएर कुनै पनि सार्वजनिक पदमा बहाल गर्न १५ वर्ष उमेर पुगेका र ६० वर्षनकटेका नागरिकलाई मात्र योग्य हुने गरी कठोर कानुन निर्माण गरिनु पर्दछ । औसत आयु बढेको, रिटायर द रिटायरमेन्ट, गोल्डेन ह्याण्सेक जस्ता बौद्धिक विलासिताका तर्क अघि सारेर अनि वार्षिक केही अर्व रुपिया जोगिने कस्मेटिक समाधानको कुरा गरेर वार्षिक पाँच लाख बढीको संख्यामा बजारमा प्रवेश गर्ने युवा श्रमशक्तिको जोस र जाँगरको बाढीलाई छेक्नु हुँदैन । केही अर्वको वित्तीय कस्ट जोगाउन युवा पुस्ताको उम्लेको रगतबाट प्राप्त हुने अपार सम्भावनाको ढोका छेक्दै सामाजिक कस्ट व्यहोर्ने मुर्खता अब कोही कसैले नगरौं ।

उचित अवसर, मौका र काम नपाएर युवा पुस्ता बेरोजगारीको क्लाइमेक्समा पुग्दैछ । युवा आक्रोसको बाँध फुट्यो भने अवस्था भयाबह हुनेछ । त्यसबाट मुलुकले चुकाउनुपर्ने मुल्य पक्कै महङ्‍गो हुनेछ । तीस बर्ष जागिर खाएर पनि लोभको घैटो नभरिएका लोभि रिटायर्डवालाले बौद्धिक विलासिलाका लागि लेखिने केही थान लेख, केही थान आउटडेटेड सल्लाह अझ भनौं असन्तोषका झिनो आवाजको मुल्यभन्दा युवा भाँडिदाको मुल्य लाखौ गुणा महङ्गो पर्छ । चाहेत्योयुवाड्रगकोअम्मलमाफसोसवाहतियारउठाओस।यसकारण कर्मचारीको उमेर हद बढाउने मुर्खता गर्दै नगरौं । संबैधानिक निकाय, विश्वविद्यालय, न्यायालय, निर्वाचितविधायक लगायत सबै सरकारी मानो खानेको अवकाशको उमेर ६० वर्ष कायम गरी समान बनाऔं ।

जति खोतल्यो त्यति गहिरो भ्रष्टाचारको रहस्यलाई उजागर गर्न भ्रष्टाचारको जामा उतार्ने गरी अब नागरिक तहबाटै एकपटक निर्णायकआन्दोलन गर्नुपर्ने अबस्था देखिँदैछ । त्यो अवस्था आउन नदिन युगान्तकारी परिवर्तनका बाहक राजनीतिका शीखर नेताहरु सधैभरि सबैको लागि पुजनीय भएर बसुन्। क्रान्तिकारी छलाङ मार्नेहरुको पाइला लोभ र स्वार्थको कारण कुँजो नहोस् ।

कार्यकर्तालाई चलायमान बनाई राख्न गुडिरहेको निर्दोष गाडीमाथि ढुंगा हान्न लगाउने र त्यसबाट सिर्जित समस्याको नक्कली समाधानमा राजनीतिक क्रियाशीलता देखाउने परम्परागत स्कुलिङ र पावरको लागि गरिने राजनीतिलाई अनलर्न गर्दै कार्यकर्ता पंक्तिलाई उत्पादन एवं उत्पादकत्वसँग जोड्ने खालको स्कुलिङको रिलर्न गर्न सिकुनदलहरुले ।यसो गर्न नसके भजनमण्डलीहरु जन्मिरहने छन् । नेताको गल्ती कमजोरीलाई पनि हाईहाई गरिरहनेछन् ।सडकको पोलपोलमा नब्बे बाई सयको तस्वीर टाँगिरहने छन् । अन्तत: ढोके, चम्चे, हुक्के, चिलिमे, बैठके र छाते पात्रहरुको घेराबन्दीमा पर्दा विकल्पमा धेरै बालेन र सामपाङहरु जन्मने छन् ।

समय निकै घर्किसकेको छ । तपाईसँगै उठेका बस्ती बस्तीको फेरिन नसकेको मुहार फेर्नु छ त्यसैलेराज्य कोषबाट फुपुको श्राद्ध नगरुन् अब दलहरुले । बन्द हुनुपर्दछ अब गालीगलौजको राजनीतिको । गंगा झै संलो भएर बग्नु पर्दछ अब राजनीति । प्रतिशोध त्यागेर एउटाले हालेको जगमा अर्कोले इटा थप्दै जानु पर्दछ अब । राणा शासनको सय वर्ष र पञ्चायतको तीस वर्षलाई दोष त लगायौं तर प्रजातन्त्र र लोकतन्त्रको तीस वर्षे जवानी पनि विस्तारै घर्किदैछ ।तसर्थ, अब दलहरु समृद्धिको रोडम्याप भन्दा एक ईञ्च पनि डिरेल हुनुहुँदैन सँगैसँगै कसैलाई समृद्धिको मुलबाटो बिराउने छुट र सुविधा पनि छैन।

 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार