गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव छल्न रातारात अधिवेशन अन्त्य 

विपक्षीद्वारा विशेष अधिवेशन माग
बिहीबार, वैशाख २, २०७८

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलकातर्फबाट प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन् ।  प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका तीन दलका सदस्यले आजै प्रदेश प्रमुखको कार्यालय पुगी विशेष अधिवेशन माग गरिएको समावेदन पत्र दर्ता गराएका हुन् । उक्त अवसरमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यलगायत दलका प्रदेशसभा सदस्यको उपस्थिति थियो । हिउँदै अधिवेशन चलिरहेको अवस्थामा सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले यही वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार