छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक

आइतबार, साउन २९, २०७९

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ । छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परेवा लैजान रोक लगाएको हो ।
परेवा मर्र्ने र फोहोर मैला पनि बढ्दै गएकाले सरसफाइलाई मध्यनजर गर्दै उक्त निर्णय गरी परेवामा रोक लगाइएको कोषका अध्यक्ष मानबहादुर थापाले जानकारी दिए । कोषले अर्को सूचना जारी नगर्दासम्म परेवा लैजान रोक लगाइएको अध्यक्ष थापाले बताए ।
उक्त मन्दिरमा पुग्न सदरमुकाम दमौलीबाट करिब सात किलोमिटर पूर्वदिशामा पर्दछ । भाकल गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन पूजाअर्चनाका लागि छाब्दी बाराही मन्दिरमा आउने गर्दछन् ।–रासस

 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  ०६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार