जनकपुरमा ‘निसाना’ भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनी

प्रदर्शनीमा उत्साहजनक सहभागिता
आइतबार, साउन २९, २०७९

जनकपुर । भ्रष्टाचारविरुद्ध समाजमा जागरण अभियान चलाउने उद्देश्यका साथ गरिएको ‘निसाना’ भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनी जनकपुरमा भएको छ । कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना तथा सिएमआरको सहकार्यमा दुई दिनसम्म जनकपुरस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा भएको उक्त प्रदर्शनीको उद्घाटन मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले एक समारोहका बीच गरे ।

cartoon 31660438781.jpg
उनले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँक्नुपर्नेमा जोड दिँदै नेपाली समाजलाई भ्रष्टाचारबाट मुक्त गर्नुपर्ने विचार व्यक्त गरे ।
उनले भने, ‘भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलको केन्द्रीय नेतृत्वबाटै पहल गर्नुपर्दछ । माथिबाट यसको पहलकदमी नलिएसम्म समूल रुपमा भ्रष्टाचार अन्त्य गर्न कठिन हुन्छ ।’
उनले कला र संस्कृतिमार्फत समाजमा जागरण ल्याउन कलाकर्मी तथा संस्कृतिकर्मीले पहल लिनुपर्ने बताए । साहित्यकार रोशन जनकपुरीले भ्रष्टाचार समाजमा विविध रुपमा व्याप्त रहेको बताउँदै यसको अन्त्यका लागि नागरिकले सचेत ढंगले आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे ।

cartoon 1(1)1660438797.jpg
उनले नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले प्रदर्शनीमार्फत समाजमा जागरण ल्याउने लक्ष्यका साथ प्रदर्शनी गरिएको बताए ।
उनले कलामार्फत समाजमा व्याप्त भ्रष्टाचारका विभिन्न रुपलाई बाहिर ल्याउने उद्देश्यका साथ कार्टुन प्रदर्शनी गरिएको जनाए ।
खनालले कार्टुनले राजनीति, समाज, लगायतका क्षेत्रमा रहेको विकृत पक्षलाई प्रहार गर्दै सचेत बनाउने काम गर्ने बताए । उनले भने, ‘प्रदर्शनीमा राखिएका कार्टुनले जागरण ल्याउन महत्वपूर्ण भूमिका खेल्ने आशा राखेका छौं ।’
नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामतले भ्रष्टाचार राजनीतिमा मात्रै नभइ कर्मचारीतन्त्रमा समेत व्यापक रुपमा रहेको बताए ।
जनसांस्कृतिक महासंघ नेपाल मधेश प्रदेश अध्यक्ष तथा कलाकार राजेश सक्सेनाले भ्रष्टाचारविरुद्ध गरिएको प्रदर्शनीले राजनीतिसँगै समाजका रहेका हरेक क्षेत्रमा रहेको विकृति विसंगतिलाई हटाउन सहयोग पुग्ने आशा व्यक्त गरे । उनले भने, ‘जनकपुरमा पहिलो पटक कार्टुन प्रदर्शनी भएको छ । समाजलाई सचेत बनाउने लक्ष्य राखिएका प्रदर्शनीले भ्रष्टाचारका विविध रुपलाई चिनाएको छ ।’
कार्टुनिस्ट क्लब अफ नेपालका महासचिव रवि मिश्रले कार्टुनमार्फत खराब आचरणका विरुद्ध जागरण ल्याउने लक्ष्यका साथ देशका सातै प्रदेशमा प्रदर्शनी गर्न लागिएको बताए । उनले भने, ‘प्रदर्शनी दुई उद्देश्य थियो । जसमा पाठकसँग प्रत्यक्ष संवाद गर्नु र अर्को भ्रष्टाचारविरुद्ध जागरण ल्याउनु रहेको छ ।’
उनले प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० कार्टुन राखिएको जनाकारी दिए । उनका अनुसार प्रदर्शनीमा राजनीतिक, सांस्कृतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पर्यावरण, मानवअधिकार, न्यायक्षेत्र लगायतमा हुने भ्रष्टाचारका विविध पक्षमा केन्द्रित रहेर कार्टुन राखिएको छ ।
महासचिव मिश्रले कार्टुन प्रदर्शनीको औचित्यमाथि प्रकाश पार्दै समाजमा विद्यमान विकृतिप्रति कार्टुनिस्टले व्यंग्यमार्फत सचेतना जगाएको विचार व्यक्त गरे । उनले पछिल्लो समय सांस्कृतिक, राजनीतिक, नीतिगत, आर्थिक लगायतका विविध क्षेत्रमा भ्रष्टाचारले जरा गाडेको बताए । उनले देश र समाजमा भ्रष्टाचारलाई कम गर्न सबै क्षेत्र र नागरिक जागरुक बन्नुपर्नेमा जोड दिए । उनले यसअघि वागमती प्रदेशअन्तर्गत काठमाडौं र गण्डकी प्रदेशको पोखरामा प्रदर्शनी भइसकेको छ ।
प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेशकुमार खपांगी, केशव राज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापा, सागर शाह, सुदर्शन सिग्देल, उमेशचन्द्र अधिकारी, अनुप गुरुङ, सानुराज डंगोल, अकृन अधिकारी, विरोचन मल्ल, आशिष खनाल, विष्णु अथकमनु, विश्व थापा, देव कोइमी, वामन चालिसे, महेश बस्ताकोटी, पानसिंह तमोर, रामहरि रिमाल, लगायतका कार्टुनिस्टका कार्टुन राखिएको छ ।  

 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  ०६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार