तुलसालयसहित विभिन्न संस्था तथा व्यक्ति पुरस्कृत

आइतबार, साउन २९, २०७९

काठमाडौँ । अनाथ तथा असहाय व्यक्तिको उद्धार गरी आश्रय दिइरहेको तुलसालय आश्रमसहित विभिन्न संस्था तथा व्यक्तित्व पुरस्कृत भएका छन् । शनिबार यहाँ आयोजित कार्यक्रममा एनएण्डजे इन्टरटेनमेन्ट एनवाइ इन्क, अमेरिकाद्वारा ती संस्था तथा व्यक्तित्व पुरस्कृत भएका हुन् ।
ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा अवस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित तुलसालय आश्रममा हाल २७ बालबालिका, ज्येष्ठ नागरिक र मानसिक रोग भएका आश्रित छन् । उक्त प्रतिष्ठानका अध्यक्ष सरु सुवेदीलाई नगद रु २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।

Pro_Ktm_Marmi1660438355.jpg
पुरस्कृति हुने अन्य संस्थामा लक्ष्मी प्रतिष्ठानका लागि सो संस्थाका अध्यक्ष विष्णु गौतम, पूर्वेली न्यूज डटकमका मणिराम दाहाल, इ–नेप्लिज डटकमका विश्वराज थापालगायत छन् ।
त्यसैगरी साहित्यकारहरू माया ठकुरी, कृष्ण प्रधान, प्रा डा गार्गी शर्मा, गायक ओमविक्रम विष्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई हुनुहुन्छ । उहाँहरूलाई सबैलाई जनही रु २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।  
अमेरिकामा बसोबास गर्नुहुने साहित्यकार कमला प्रसाईंले एनएण्डजे इन्टरटेनमेन्ट एनवाइइन्क नामक संस्था स्थापना गरी नेपाली भाषा साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्ने गरी यी पुरस्कार स्थापना गरेका हुन् ।

Pro_Ktm_Mayathakuri1660438458.jpg
पुरस्कार प्रदान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यका साथै समाजसेवाका विशिष्ट क्षेत्रमा काम गरिरहेका व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गरेकामा खुसी व्यक्त गरे ।  वरिष्ठ निबन्धकार कृष्ण प्रधानले सिलीगुडी बसिरहेको आफूलाई पनि सम्झेर सम्मान प्रदान गरेकामा खुसी व्यक्त गर्दै यस्ता कार्यले स्रष्टालाई आगामी दिनमा अघि बढ्ने उत्प्रेरणा मिल्ने बताए ।
उक्त संस्थाका संस्थापक कमला प्रसाईंले आफू विदेशी भूमिमा रहेको भए पनि नेपाली भाषामा योगदान दिने र नेपालको समाजसेवाका क्षेत्रमा क्रियाशील रहने व्यक्तिको स्मरण र सम्मान होस् भनेर यी पुरस्कार स्थापना गरेको जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  ०६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार