लेक लागि बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

शनिबार, साउन २८, २०७९

काठमाडाै‌ँ,  । रसुवाको गोसाईकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तिर्थयात्रा गरी घर फर्कने क्रममा लेक लागि बेहोस भएका तीन जनाको २७ साउनमा सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बेहोस हुनेहरूमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका- ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका- ११ बस्ने २० बर्षीय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका-३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन् ।सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरूलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याएकाे हाे ।Avatar

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार