वन नियमावलीको खारेजीको माग गर्दै माइतीघरमा खैँजेडी बजाएर प्रदर्शन

बिहीबार, साउन २६, २०७९

काठमाडौं । काठमाडौंको माइतीघरमा वन नियमावली २०७९ खारेजीको माग गर्दै खैँजेडी बजाएर प्रदर्शन गरिएको छ ।उक्त नियमावलीले सामुदायिक वन उपभोक्ता समितिको अधिकार खोसेको भन्दै बिहीबार सामुदायिक वन उपभोक्ता महासंघको अगुवाइमा प्रदर्शन गरिएको हो । वन ऐन २०७६ ले दिएको अधिकार वन नियमावली २०७९ ले खोसेको उनीहरुको आरोप छ । 

298003059_5473389889371221_1912975700970508037_n.jpg1660204789.jpg

‘वन नीतिविपरितको वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाइएको नयाँ नियमावली खारेज गर, संघीयताविपरीत वन नियमावली खारेज गर, महिला विरोधी वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाउन खोजिएको तेहोरो कर खारेज गर,’ जस्ता नाराहरू लगाउँदै माइतीघरबाट निकालेको र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

298134834_1142985552918428_2957537903681734188_n.jpg1660204838.jpg

297781093_759829908594553_1110819869650592209_n.jpg1660204837.jpg

298553357_1790749271324183_1664952736837672260_n.jpg1660204815.jpg

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १३:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार