चितवनको जुगेडीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बिहीबार, साउन २६, २०७९

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा हिजो बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २४ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ ।भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले हिजो बेलुकी सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो । 

ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार