उड कार्भिङ व्यवसायीको सीप परीक्षण राष्ट्रिय सीप परीक्षण समितिले गर्ने

आइतबार, साउन २२, २०७९

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समिति सानोठिमीले उड कार्भिङ व्यवसायीको सीप परीक्षण गर्ने भएको छ । समितिले सूचना प्रकाशित गरी उड कार्भिङलगायतका व्यवसायको सीप परीक्षण गर्ने जानकारी गराएको हो ।  

उड कार्भिङ व्यवसायको लामो समयदेखि सीप परीक्षण रोकिएको थियो । अब सिमितले सीप परीक्षण गराउने भएको हो । भक्तपुर चेम्बर अफ कमर्ससँंग यसअघि व्यवसायीहरूले सीप परीक्षण रोकिएको विषयमा पहल गरिदिन अनुरोध गरेका थिए ।

त्यसपछि चेम्बर अध्यक्ष न्हुँछेकाजी मानन्धरको संयोजकत्वमा चेम्बर पदाधिकारी तथा व्यवसायीहरूको टोलीले समितिमा पुगेर ध्यानाकर्षण गराएको थियो । समितिले वार्षिक तीन पटक सूचना जारी गरी सीप परीक्षण गराउने भएकाे छ । 

भक्तपुर चेम्बर अफ कमर्सका कार्यालय प्रमुख राजुमान बज्राचार्यले व्यवसायीहरूको समस्या बारे आफूहरूले समितिको ध्यानाकर्षण गराएपछि उड कार्भिङ व्यवसायीको पनि सीप परीक्षण गर्ने सूचना प्रकाशित भएकोमा खुशी व्यक्त गरे । यसले व्यवसायीहरूको सीप विकासमा सहयोग मिल्ने विश्वाय व्यक्त गरे । 

व्यवसायीहरूका अनुसार यो पेशा व्यवसाय गर्नेहरूको संख्या काठमाडौं ठूलो छ । तर, धेरैले सिप परीक्षणलाई वास्ता गरिरहेका छैनन् । यसले प्रमाणपत्रधारी व्यवसायीहरू निकै कम भएको व्यवसायीहरू बताउँंछन् । मठमन्दिरमा राखिने काठमा बुटा कोर्ने काम उड कार्भिङ व्यवसायीले गर्ने गर्छन् ।   

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार