चापागाउँस्थित भन्सार डबलीमा ७३ जनाले गरे रक्तदान

शनिबार, साउन २१, २०७९

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ चापागाउँस्थित भन्सार डबलीमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरियो । अन द रक्स ग्रुप र लायन्स क्लव अफ काठमाडौं जावलाखेलद्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरे ।

Blood Gajendra1659797089.jpg

रक्तदातालाई नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणा, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन ,उपमेयर मुना अधिकारि, नेपाली कांग्रेस महासमिति सदस्य मिनकृष्ण महर्जन, नेपाल बार एशोशिएसनका निवर्तमान केन्द्रीय अध्यक्ष चापागाउँका चन्देश्वर श्रेष्ठले रक्तदातालाई प्रमाणपत्र प्रदान गरे ।

Blood1659797126.jpg

नेपाली कांग्रेस गोदावरी नगर सभापति प्रदिप जोशीको अन द रक्स ग्रुपकाअध्यक्ष नवीन श्रेष्ठ तथा परिवार, लाइन्स अफ काठमाडौ जावलाखेलका अध्यक्ष उत्तमकुमार खुलालसहितका पदाधिकारीले रक्तदातालाई हार्दिक धन्यवाद दिएका छन् ।

Blood Min1659797183.jpg

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  २०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार