दिगो विकासका लक्ष्यका बुँदामा छलफल 

शुक्रबार, साउन २०, २०७९

 

काठमाडााैँ । नेपाल पिपल्स फोरमले दिगो विकास लक्ष्यका महत्वपूर्ण बुँदाहरुमा छलफल गर्न कार्यक्रम आयोजना गरेको छ । सूचनाको हक, शान्ति , सुरक्षा, अहिंसा, न्यायमा पहुँच, कानुनी शासन, नागरिकका बालिया संगठन, निर्णय प्रक्रियामा समावेशी सहभागिता, सूचनामा पहुँच लगायतका विषयमा छलफल गर्न फोरमले शुक्रवार कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमा सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुडले सूचनाको पहुँच भनेको शिक्षा र ज्ञानको पहुँचमा भएकाले उक्त हकबाट कोही पनि बंचित हुन नहुने बताए  । फोरमका सल्लाहकार तथा अग्रज पत्रकार तारानाथ दाहालले सूचनाको हकको प्रभावकारी कार्यान्वयनले सार्वजनिक संस्थाहरुलाई जवाफदेही र पारदर्शी बनाउने बताए । उक्त हकको कार्यान्वयनको लागि सरकार जिम्मेवारी र सक्रिय हुनुपर्ने धारणा उनले राखे ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार