कैलालीमा सात वर्षीया बालिका मृत फेला

शुक्रबार, साउन २०, २०७९

कैलाली,  ।  कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर-१ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चायाभावर बस्ने सन्तोश जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी शुक्रबार खोलामा मृत फेला परेकी हुन् ।बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रबार बिहान बरपानी खोलामा शव फेला परेको आफन्तले जनाएका छन् ।   उनका बुबा सन्तोष निम्न माध्यमिक तहको लाइसेन्स परीक्षाको लागि धनगढी बस्दै आएका थिए । आमा पन्चकला रोजगारीको सिलसिलामा भारत रहेकी छन्। उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिइन् ।      

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार