सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर, । भक्तपुरको आदर्शस्थित सिद्धि स्मृति वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरिएको छ । भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी क्लव)का कप्तान सन्दीप कार्कीकोतर्फबाट वृद्धाश्रममा रहेका तीन दर्जन वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरिएको हो ।फलफूल वितरण कार्यक्रममा क्लबका संरक्षक श्याम धौभडेल, भक्तपुर एफसी क्लवका अध्यक्ष राम प्रजापति, क्लबका विशेष समिति सदस्य अनिल राजभण्डारीलगायतका सहभागी थिए । फुटबल खेलाडी कार्की केही दिनअघि मात्र भारतको उडिसामा भएको अण्डर २० राष्ट्रिय फुटबल टिमबाट साफ यु-२० फुटबल प्रतियोगितामा सहभागी भई नेपाल फर्केका थिए ।