सप्तकोशी पीडितलाई प्रदेश १ सरकारको राहात

शुक्रबार, साउन २०, २०७९

सुनसरी । अविरल बर्षाका कारण सप्तकोशीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सप्तकोशी पीडितलाई राहत सामग्री पठाएको हो। 

सप्तकोशी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा २५ सय घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिसकिएको छ। 

मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइएको मन्त्री केदार कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार