तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा

बिहीबार, साउन १९, २०७९

तनहुँ, । कुनै समयमा रातभर जाग्रम बसेर तोरी पेलिन्थ्यो । बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपथ्र्यो तर अहिले तोरी पेल्ने काम एकादेशको कथा जस्तो बन्न पुगेको बताउछन् , व्यास नगरपालिका–४ का आशकुमार  श्रेष्ठ । विसं २०३२ मा करिब रु ४० हजार लगानी गरी सदरमुकाम दमौलीमा तोरी मिल सञ्चालन गर्नेमा उनी   पहिलो नै व्यक्ति थिए  ।  अन्य महिनामा बीस÷पच्चीसजना मानिस दैनिक तोरी पेल्न आउने गरे पनि वर्षायाममा मुस्किलले दुर्ई÷तीन जना हुने गरेको सञ्चालक श्रेष्ठले  बताए  । युवा जनशक्ति वैदेशिक रोजगारीमा, छोरीबुहारी छोराछोरी पढाउन सहरमा र बुढाबुढी मात्रै गाउँ रहेका कारण तोरी खेतीतर्फ आकर्षण कम भएको उनको भनाइ छ  । पहिला पहिला बिहानदेखि रातिसम्म ८÷९ मुरी तोरी पेल्नको लागि चार जनशक्ति राख्ने गरिएकामा  अहिले मुस्किलले दुई जना छन् । सञ्चालन श्रेष्ठ भन्रछ   “भएका दुई कर्मचारीलाई पनि पारिश्रमिक दिन कठिनाइ भएको छ ।”पछिल्लो समय तोरीका साथै गहुँ,मकै लगायत पनि पिस्ने गरिएको छ ।पछिल्लो समयमा गाउँ–गाउँमा मिल सञ्चालनमा रहेका कारण पनि सदरमुकामसम्म तोरी पेल्न आउनेको सङ्ख्या घट्दै गएको हुन्  ।   रासस  
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार