पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

बुधबार, साउन १८, २०७९

झापा,   । झापाको गौरदह नगरपालिका–९ स्थित कमल खोलामा १७ साउनमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्वल खरेलको शव आज फेला परेको छ ।खरेको शब सशस्त्र प्रहरीले आज फेला पारी खोलाबाट बाहिर निकालेको हो ।कमल गाँउपालिका–१ बस्ने खरेल पौडीखेल्दाखेल्दै बेपत्ता भएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरहरू खटिएका थिए । खोजतलासका क्रममा बुधबार उनको शब फेला पारेको हो । सशस्त्र प्रहरीले १८ साउन बिहान ८ः२० बजेतिर सोही ठाउँमा करिब २० फिट गहिरो पानीमा शव फेला पारेको हो । 
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार