कान्ति लोकपथको देवीसाँधमा पहिरो

बुधबार, साउन १८, २०७९

ललितपुर । काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकपथ अन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको देवीसाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । भारी वर्षात भएसँगै मङ्गलबार उक्त ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको हो । पहिरोले सो वडासँगै वडा नं २ माल्टा, ४ प्यूटार, ५ इकुडोल, ६ आस्राङ, ७ गिम्दी तथा सो लोकपथ भएर फापरबारी हुँदै मन्थली जाने र हेटौँडा यात्रा गर्ने सडक अवरुद्ध भइरहेको स्थानीय रमेशकुमार सञ्जेलले बताएका छन् । त्यस्तै विद्युत अवरुद्ध हुनुका साथै दूध र तरकारी ढुवानी समेत रोकिएको छ । 

गाउँपालिकाबाट दैनिक काठमाडौँका बजार पुग्ने पाँच देखि ६ हजार किलो तरकारीसमेत बेच्न नपाएर नष्ट गर्नुपरेको स्थानीय शिवप्रसाद सञ्जेलले बताएका छन् । उक्त पहिरो खुलाउन प्रयास भइरहेको छ । आज दिउँसो वर्षा नभए साँझसम्म स्काटभेटर लगाएर पहिरो खुलाउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार