छोराको कुटपिटबाट बाबुको मृत्यु

मंगलबार, साउन १७, २०७९

तेह्रथुम, ।  तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टङ्कले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए । घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पु¥याएका थिए । तर भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । बाबुलाई मुस्लीले प्रहार गरी फरार रहेका छोराको खोजी कार्य जारी रहेको सो कार्यालयले जनाएको छ । घरायसी विवादमा छोराले बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । रासस     

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार