प्रधानमन्त्रीले द्वन्द्वपीडितलाई सम्मान गर्ने

मंगलबार, चैत ३१, २०७७

काठमाडौं । नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रम तय भएको छ । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा लडाकु रहेका र हालसम्म राज्यले उचित सम्मान र सम्बोधन नगरेका र अन्य पीडितलाई सम्मान गर्न लागिएको हो ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री ओलीले वैशाख १ गते बिहान प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने र दिउँसो उक्त सम्मान कार्यक्रम हुने जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  २३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार