वाग्मती प्रदेशसभाको बैठक वैशाख २ गते

मंगलबार, चैत ३१, २०७७

मकवानपुर । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक पुनः वैशाख २ गते बस्ने प्रदेशसभा सचिवालयले आज जनाएको छ । गत चैत २६ गतेदेखि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा पुनः वैशाख २ गते दिनको १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालय प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभामा सत्तारुढ नेकपा एमाले, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष नेपाली कांग्रेस, साझा विवेकशील दल नेपाल मजदूर पार्टी, राप्रपा र एक स्वतन्त्र सांसद गरी ११० प्रदेशसभाका सदस्य छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  २३:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार