बर्दिवासमा आगलागीबाट करोडको क्षति  

सोमबार, साउन १६, २०७९

महोत्तरी,  । महोत्तरीको बर्दिवास नगरपालिका–१ को मुुख्यचोकमै आज आगलागी भएको छ ।  व्यापारिक प्रतिष्ठान रहेको तीन तले भवनको माथिल्लो तलामा आगो सल्केको हो । विद्युत् चुहिएर सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।    मोहम्मद फारुकको सो भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा रहको छ । तलको तलामा अन्य व्यापारिक प्रतिष्ठान छन् । यद्यपि आगोले माथिल्लो तलाको जिमखानामा मात्र क्षति पु¥याएको छ । अभिषेक झाले सञ्चालन गरेका जिमखानाका सबै सामग्री जलेर खरानी भएका छन् । जिमखाना सञ्चालकलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक  प्रनाउ रवि रावलले आगलागीबाट करिब एक करोडको क्षति भएको जानकारी दिए  ।  माथिल्लो तलामा धुँवा देखिएपछि ओरपरका व्यापारी र बजारु कामले चोक पुगेका सर्वसाधारणले आगो निभाउने प्रयत्न थालेका थिए । लगत्तै प्रहरी र दमकल पनि पुगेपछि एक घण्टाको निरन्तर प्रयत्नले आगो पूरै नियन्त्रण गरिएको प्रनाउ रावलले बताए  ।   
 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार