सर्लाहीको एक युवकको हत्या

सोमबार, साउन १६, २०७९

सर्लाही  ।  सर्लाहीको हरिपूर्वामा एक जना युवकको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–३, धनकौल टोल बस्ने रामसोगारथ रायको छोरा १८ वर्षीय सुशीलकुमार यादवको हत्या भएको हो । सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।प्रहरीले घटनाबारे अध्ययन गरिरहेको जनाएको छ । भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर आएका थिए । गत शुक्रबारदेखि उनी घरबाट बेपत्ता भए पनि परिवारले प्रहरीलाई खबर गरेको थिएन   । 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार