नयाँ वर्षा अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

मंगलबार, चैत ३१, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुरुआतीका दिन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रम ओलीले बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहेका छन् ।
 

 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  २३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार