सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर   

सोमबार, साउन १६, २०७९

सर्लाही ।  हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्गता र वृद्धवृद्धालाई लक्ष्य गरेर गाउँ घरमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नगरका ११ वटै वडामा घुम्ती शिविर सञ्चालन सुरु गरिएको  नगरप्रमुख रमेश बुढाथोकी९कमल०ले जानकारी दिए ।

शारीरिकरूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको साटो घर नजिकै राखिएको घुम्ती शिविरबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रत्येक वडामा कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम भइरहेकोे  उनले जानकारी दिए  ।घुम्ती शिविरले वडा कार्यालयमा भीडभाड कम हुनाका साथै नगरका अशक्त, अपाङ्का र वृद्धवृद्धालाई सहज भएको नगरपालिकाले जनाएको छ । घुम्ती शिविरमा रहेका वडा सचिव, कार्यालय सहयोगी लगायत कर्मचारी प्रत्येक बस्तीका घर–घरमा पुग्ने र सेवा प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए)  । 

उनका अनुसार शिविरमा खटिएका कर्मचारीले चौतारी तथा रुखका छहारीमा बसेर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायत सामाजिक सुरक्षा भत्ता खाइपाइ आइरहेका नागरिकको कार्ड नवीकरण समेत गरिरहेका छन् ।जिल्लाका हरेक स्थानीय निकायमा अहिले सामाजिक सुरक्षा भत्ता नवीकरणको काम सञ्चालन भइरहेको छ । हरिवनबाहेक अन्य स्थानीय निकायका वडाकार्यालयबाटै नवीकरणको काम भइरहेको छ । जिल्लामा २० स्थानीय निकाय रहेका र ती सबैले बैँकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन्  तर बैँक र स्थानीय निकायबीच राम्रो समन्वय नहुँदा बँकबाट भत्ता लिनका लागि घण्टौँसम्म लाइनमा बस्नु परेको सेवाग्रही नागरिकको  गुनासो थियो ।  रासस  

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार