सोसल मिडिया
Contact Us
युनिकोड
साओपाओलो । केही दिनयता ब्राजिलमा कोरोना भाइरसका कारण दिनहुँ हजार जनाको हाराहारीमा ज्यान जान थालेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यो संक्रमणबाट कम्तीमा १४८० जनाको ज्यान गएको छ । यहाँ गएका कैयौँ दिनदेखि कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या कम्तीमा पनि एक हजार घटेको छैन । सोमबार पनि यहाँ ठूलो संख्याका नागरिक महामारीबाट संक्रमित भएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार सोमबार ३५ हजार जना भन्दा बढीमा यो महामारीको संक्रमण देखा परेको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३ लाख ५४ हजार ६१७ जना पुगेका छन् । ब्राजिल कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा दोस्रो नम्बरमा पर्दछ । कोरोना महामारीबाट सबैभन्दा धेरै नागरिकको मृत्यु संयुक्त राज्य अमेरिकामा भएको छ । अमेरिकामा पनि यो महामारी पछिल्लो समयमा झनै बढ्दै गएको छ । ब्राजिलमा एक करोड ३५ लाख जना नागरिकमा यो संक्रमण देखिएको छ । सोमबार सम्ममा संक्रमित हुनेको संख्या १ करोड ३५ लाख १७ हजार ८०८ जना पुगे । ब्राजिलको साओ पाओलो शहर यहाँको सबैभन्दा धेरै प्रभावित शहर हो । यो शहरका मात्र ८० हजार जनाभन्दा बढी नागरिकले यही महामारीबाट ज्यान गुमाएका छन् ।–सिन्ह्वा