एमाले विभाग प्रमुखहरूको बैठक सुरु

आइतबार, साउन १५, २०७९

काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

उनका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको रिजालले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार