सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा फर्कने भएका छन् । संसदमा बजेट प्रस्तुत हुनु अघिल्लो दिन राति अनधिकृत व्यक्ति प्रवेश गराएर बजेटमा करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो । छानबिन समिति गठन हुनुअघि संसद्मा सम्बोधन गर्दै शर्माले छानबिनमा सहयोग गर्ने उल्लेख गर्दै पदबाट राजीनामाको घोषणा गरेका थिए ।संसदीय छानबिनले उनीमाथिका आरोपमा सफाइ दिएपछि शर्मालाई पुनः अर्थमन्त्री बनाउन लागिएको हो । उनले अर्थमन्त्रीमा पुनः नियुक्त गर्ने सर्तमा राजीनामा दिएका थिए ।उनलाई अर्थमन्त्री बनाउने विषयमा आजै माओवादी स्थायी कमिटीको बैठकले निर्णय गर्ने र त्यो निर्णयको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई गराउने तयारी छ ।